ग्रीन पटेका पड्काउने समय तोक्यो डिपार्टमेन्ट अफ् इनभाइरोमेन्ट एन्ड द वेस्ट बेङ्गल पल्युसन कन्ट्रोल बोर्डले

सिलगढी : दुई दिनपछि काली पुजा अर्थात् दीपावली पर्व रहेकोले डिपार्टमेन्ट अफ् इनभाइरोमेन्ट एन्ड द वेस्ट बेङ्गल पल्युसन कन्ट्रोल बोर्डले एउटा विज्ञप्ति जारी गरेर पटेका पड्काउने समय निर्धारित गरेको छ। उक्त विज्ञप्तिअनुसार दीपावलीमा ग्रीन पटेका राति 8 बजीदेखि 10 बजीसम्म पड्काउन सक्ने बताइएको छ। यसैगरी, छट पुजाको समयमा बिहान 6 बजीदेखि 8 बजीसम्म ग्रीन पटेका पड्काउन सक्नेछन्। यसबाहेक, क्रिसमस अर्थात् बडादिन र नयाँ वर्षको उपलक्ष्यमा पनि ग्रीन पटेका पड्काउने समय निर्धारित गर्दै राति 11 बजेर 55 मिनटदेखि 12 बजेर 30 मिनटसम्म तोकिएको छ। वायु प्रदूषण रोक्न डिपार्टमेन्ट अफ् इनभाइरोमेन्ट एन्ड द वेस्ट बेङ्गल पल्युसन कन्ट्रोल बोर्डले उक्त पदक्षेप ग्रहण गरेको बताइएको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *