ग्रीन ट्रिब्युनलको निर्देशहरू पालन गर्न महानन्दा नदीलाई प्रदूषणमुक्त बनाउने सिलगढी नगरनिगमको पहल

सिलगढी : हाल सिलगढीको महानन्दा नदी प्रदूषणको मात्रा निक्कै बढेकोले नदीको पानीमा कोलिफर्मको मात्रा अढाई हजारबाट बढेर लाखौँ पुगिसकेकोले प्रदूषण नियन्त्रण विभाग चिन्तामा परेको छ। यसैले चाँडै महानन्दा नदीलाई प्रदूषण मुक्त गर्नको लागि ग्रीन ट्रिब्युनलको तर्फबाट सिलगढी नगरनिगमलाई विविध निर्देश पठाएको छ। उक्त समस्यालाई ध्यानमा राखेर आज सिलगढीका मेयर गौतम देव र डेपुटी मेयर रञ्जन सरकारले महानन्दा नदी संलग्न वार्डका काउन्सिलरहरूसित एउटा बैठक गरे। उक्त बैठकमा महानन्दा नदीलाई कसरी प्रदूषण मुक्त गर्न सकिन्छ भन्ने विषयमा चर्चा परिचर्चा गरियो। महानन्दा नदी किनारमा रहेको अवैध खटाल(झुप्रो घर)-हरू उच्छेद गर्ने विषयमा सिलगढी नगरनिगमले विचार गरिरहेको छ। तथापि, तिनीहरूसित कुराकानी गरेर उक्त समस्याको समाधान गरिने डेपुटी मेयर रञ्जन सरकारले बताएका छन्। महानन्दा नदीलाई प्रदूषणमुक्त गर्नको लागि ग्रीन ट्रिब्युनलको सबै निर्देशहरूलाई पालन गरिने साथै महानन्दा नदीलाई प्रदूषण मुक्त गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *