गृहमन्त्रीको सिलगढी भ्रमणबारे भाजपाको सभा

कालेबुङ : कालेबुङ हाट बजारस्थित भाजपा कार्यालयमा आज भाजपा दार्जिलिङ जिल्ला अन्तर्गत कालेबुङ क्षेत्रका विभिन्न मण्डलका भाजपा प्रतिनिधिहरुलाई लिएर एउटा जरुरी सभाको आयोजना गरियो। जिल्ला अध्यक्ष कल्याण देवानको अध्यक्षतामा सम्पन्न उक्त सभामा गृहमन्त्री अमित शाहको आगामी उत्तर बंगाल भ्रमण साथै भाजपा दार्जिलिङ जिल्लाको कार्यक्रमहरुबारे चर्चा-परिचर्चा गरियो। यसको साथै भाजपाको चुनावी घोषण पत्रमा उल्लेखित गोर्खाहरुको दुई वटा मूल मुद्दा र त्यसको वर्तमान स्थितिबारे पनि सभामा चिन्तन गरियो। आजको सभामा जिल्ला समितिमा मनोनित कालेबुङ क्षेत्रका सदस्य एवम् पदाधिकारीहरुलाई स्वागत जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *