गृहिणीको झुण्डिएको अवस्थामा शव उद्धार

इस्लामपुर : इस्लामपुरको अलीनगर इलाकाबाट 22 वर्षीय अनवरा खातुन नाम गरेकी गृहिणीको झुण्डिएको अवस्थामा शव उद्धार भएको छ। अनवराको ससुराल पक्षले नै तिनको हत्या गरेको मृतककी आमाको आरोप रहेको छ। पुलिस तथा स्थानीय सूत्रअनुसार सोमबार अबेर राति अनवराको परिवारका सदस्यहरूलाई ससुराल पक्षले तिनको मृत्यु भएको बारे खबर दिएको बताइएको छ। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि अस्पतालमा पठाएको छ। मृतकका आमा-बाबुले बताएअनुसार चार वर्षअघि इस्लामपुरको अलीनगर निवासी मोहम्मद जसीमसँग अनवराको बिहे भएको थियो। बिहेको केही दिनपछि नै अनवराको ससुराल पक्षले अत्याचार गर्ने गरेको तिनीहरूको आरोप रहेको छ। घटनाबारे मृतकका परिवारका सदस्यहरूले इस्लामपुर थानामा अभियोग दर्ता गरेको छ।


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *