गृहिणीको हत्या गरेको आरोपमा घर तोडफोड

सिलगढी : गृहिणीलाई काठको बटमले हिर्काएर हत्या गरेको तिनको ससुरालीका सदस्यहरूविरुद्ध अभियोग उठेको छ। गत राति नक्सलबारीको रथखोलामा उक्त घटनालाई लिएर उत्तेजनाको माहौल देखापर्यो। मृतक महिला सुनिता दास पालको रूपमा चिन्हित गरिएको छ। घटनापछि आक्रोशित मानिसहरूले मृतकको ससुरालीको घर तोडफोड गरे। घटनाको खबर पाएर नक्सलबारी थाना पुलिस घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्याउनको साथै मृतक महिलाको ससुरा कानु पाल लगायत परिवारका 4 जना सदस्यलाई पक्रेर थानामा लगे। आज मृतदेह पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *