जीएसटी-को विरोधमा जिल्ला शासकलाई ज्ञापन

सिलगढी (निसं): खाद्य पदार्थहरू माथि जीएसटी लागू गरेकोमा फेडरेशन अफ चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री अफ ईस्टर्न इन्डियाले विरोध जनाएको छ। उक्त सङ्गठनको तर्फबाट आज बुधवार दार्जिलिङ जिल्ला शासकलाई ज्ञापन चढाएर जीएसटी फिर्ता लिनु पर्ने माग गरेको छ। यदि खाद्य पदार्थहरू माथि लगाइएको जीएसटी चाँडै नहटाए आगामी दिनमा रिले भोक हड़ताल सहित वृहत आन्दोलन शुरू गर्ने सङ्गठनका सदस्यहरूले चेतावनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *