जीटीएले अवैध आदेश जारी गरेको सांसद विष्टको आरोप

सिलगढी: सयौँ योग्य, सक्षम उम्मेदवारहरूको भविष्यलाई लत्याएर अयोग्य शिक्षकहरू नियुक्त गरेपछि अब तिनीहरूले सबै स्कुल प्रबन्धक समितिहरूमा चुनाउ रोकिरहेको दार्जिलिङका सांसद तथा राष्ट्रीय भाजपा प्रवक्ता राजु विष्टले जीटीएको सत्तारूढ पार्टी विरूद्ध आरोप लगाएका छन्। तिनले प्रश्न गर्दै भनेका छन्, के यही हो तिनीहरूद्वारा ‘व्यवस्था ठीक गरिनु’ भनिएको ? सत्तामा हुनेहरूले बिर्सनु हुँदैन कि आजका शिक्षित युवा अनि सचेत नागरिकहरूले अब कसैलाई पनि हाम्रा नानीहरूको शिक्षा अनि हाम्रो जातिको भविष्यसँग खेलवाड़ गर्न दिने छैन। तिनले जारी विज्ञप्तिमार्फत यो आदेश अवैध रहेको साथै यसलाई चुनौती दिइने बताएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *