जीटीए व्यवस्थालाई नै खारेज गर्नुपर्ने माग गर्दै गोरायुमो-द्वारा मुख्यमन्त्रीलाई ज्ञापन

कालेबुङ: गोरामुमो कालेबुङ ब्राञ्च युवा मोर्चाले जीटीए चुनाउको घोर विरोध गर्दै आज कालेबुङ जिल्लापालमार्फत् राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीलाई एउटा ज्ञापन पत्र पठाएको छ। पार्टी जिल्ला युवा मोर्चा अध्यक्ष बुद्ध तामाङको अगुवाईमा गएको टोलीले पहाड़मा जीटीए चुनाउको जोडतोडले विरोध गर्दै यसको चुनाउ मात्र होइन, यसलाई पूर्णरूपले खारेज गरिनुपर्ने माग गरेको छ। टोलीको अगुवाई बुद्ध तामाङले गरेका थिए भने टोलीमा पार्टी जिल्ला सेक्रेटेरी जेनेरल सेवास्टिन प्रधान, कार्यालय सचिव लोप्साङ तामाङ, प्रमुख कार्यकारिणी दीपक गोले, विलियम योञ्जन, प्रकाश गुरूङ, सोविद दास, प्रमोद बस्नेत, मणि खवास, राजु शंकर, प्रभात राई, मणि खवास, राजु शंकर, बुद्ध मोक्तान, लाक्पा शेर्पा, दिनेश भुजेल, सुमन तामाङ, राम लछुमान, रूबेन राई, रोहित राई आदि सामेल थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *