जीटीए चेयरम्यान अनित थापाले गरे रोडको शिलान्यास

मिरिक: यातायत सम्पर्क कुनै पनि क्षेत्रलाई प्रगति तथा उन्नतिको पथमा अघि लैजाने प्रमुख द्वार हो। यदि कुनै पनि क्षेत्रमा यातायातको ब्यवस्था भएको खण्डमा अनेकौ सुविधा साथै समस्याको समाधान भएर जानेछ भन्ने कुरा सबैलाई विधितै भएको हो। यसैले गर्दा नै हाल गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनले सड़क, बाटो, पुल, नालीहरू जस्ता बनाइने कार्य विभिन्न क्षेत्रहरू गरिरहेको देखिन्छ। छ। यसै क्रममा आज अनित थापा, अध्यक्ष, गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनद्वारा रिकन्सट्रक्सन दार्जिलिङ हाईवे डिभिजन 2018-19 अन्तर्गत मिरिक क्षेत्रको बुङकुलुङदेखि सौरेनीसम्मको पक्की रोडको जीटीए चेयरम्यान अनित थापाले विधिवत् रुपमा शिलान्यास गरे।


अब 7.60 किलोमिटर पक्की रोड बनिने भएपछि क्षेत्रबासीमा खुसीको लहर छाएको छ भने स्थानीय क्षेत्रवासीहरूले जीटीए चेयरम्यानप्रति विशेष धन्यवाद प्रकट गरेका छन्। आजको यस कार्यक्रममा जीटीए-का प्रिन्सिपल सेक्रेटरी सुरेन्द्र गुप्ता, जीटीए-का पूर्व अध्यक्ष बिनय तामाङ, मिरिक नगरपालिका अध्यक्ष एलबी राई, पीडब्लुडी-का चीफ-इन्जिनियर मुजतराब हुसेनको विशेष उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *