जीटीए चेयरम्यान रिलिफ फन्डको निर्णय अब नेताले होइन, श्रमिकहरूले लिइने छन् : अनित थापा

दार्जिलिङ: चिया कमानका श्रमिकहरुले पाउने बोनस विषय अझ पनि सम्झौता हुनु सकेको छैन। यही अन्योलता माझ जीटीए प्रमुख कार्यपाल अनित थापाले भने, इन्स्टलमेन्टमा दिने बोनसको हामी विरोध गर्छौ। बोनस दिन्छ भने एकै पल्टमा दिएको हुनुपर्छ। हाम्रो विरोध जारी छ। जब सरकार अनि कम्पनी पक्षसँग तर्क गरिनु पर्छ, त्यो समय तर्क गर्ने अन्य दलका प्रतिनिधिहरु कोही पनि हुँदैन भन्दै तिनले गुनासो पोखे। एकातर्फ बोनसको निर्णय पक्का-पक्की भएको छैन भने अर्कोतिर कोभिडको समय संग्रह गरिएको जीटीए चेयरम्यान राहत कोषको पैसाको प्रयोगमाथि विभिन्न बयान बाजी आइरहेको छ। अनित थापाले राहत कोषबारे भने, राहत कोषको पैसा जस्ताको तस्तै छ। यदि कसैले त्यो पैसा चलाएको छ भनेर आरोप प्रमाणित गर्छ भने म यो कुर्सी नै छोडी दिन्छु। प्रशासक भएको नाताले त्यो पैसाको सदुपयोग गर्नु खोजेको हुँ। श्रमिकहरूलाई कुन ठाउँबाट फाइदा हुनेछ, त्यो काम गर्नेछु। यसैगरी, श्रमिक भवन बनाम पैसा वितरण माथिको बयान बाजीलाई समाप्त गर्दै तिनले भने, एउटा कमिटी गठन गरेर प्रत्येक कमानमा गएर म श्रमिकहरूको कुरालाई सुन्छु। श्रमिकलाई पैसा चाहिएको हो कि श्रमिक भवन। श्रमिकहरूको भोटले मलाई यहाँ पुऱ्याएको हो। उहाँहरुको कुरा सुनेर नै म कोविद रिलिफ फण्डको प्रयोग विषय निर्णय लिइने छु। निर्णय अब नेताहरुको हातमा होइन तर श्रमिकहरुमा हातमा छोड्दैछु। श्रमिकहरुले यदि पैसा चाहिन्छ भन्यो भने पैसा नै वितरण हुनेछ, यदि हामीलाई श्रमिक भवन चाहिन्छ भने भवन। म श्रमिकहरुलाई श्रमिक भवनको योजना पनि देखाउने छु साथै पैसा वितरण गर्दा एक श्रमिकलाई कति पाउनेछ त्यो पनि बताउने छु। उनीहरूले जे भन्नेछन् त्यही गर्नेछु।


Leave a Reply

Your email address will not be published. Required fields are marked *