जीटीए क्षेत्रका अस्थायी शिक्षकहरूको पेन डाउन तथा धरना प्रदर्शन जारी

दार्जिलिङ (निसं): पहाड़का विभिन्न विद्यालयहरूमा कार्यरत् भोलेन्टियर टिचरहरूद्वारा स्थायीकरणको मागमा गरिएको पेन डाउन र धरना प्रदर्शन आज 25 दिनमा पनि लगातार जारी रहेको छ। विभिन्न विद्यालयहरूमा कार्यरत अस्थायी शिक्षकहरूलाई स्थायी गरिनु पर्ने मागमा अल जीटीए लेफ्ट आउट भोलेन्टियर्स टिचर्स एसोसिएशनद्वारा गरिएको पेन डाउन र धरना प्रदर्शन कार्यक्रम आज 25औं  दिन पुगे तापनि हालसम्म कुनै समाधानको बाटो देखा परेको छैन। भोलेन्टियर्स टिचरहरूले जीटीएको मुख्य कार्यालय दार्जिलिङ लालकोठी परिसरमा लगातार रूपमा धरना प्रदर्शन जारी राखेको छ। यसै क्रममा आज पनि अल जीटीए लेफ्ट आउट भोलेन्टियर्स टिचर्स एसोसिएशनका अस्थायी शिक्षकहरूले धरना प्रदर्शन गरिरहेका छन्। उक्त धरना प्रदर्शन विषयमा पत्रकारहरूसित कुराकानी गर्दै अल जीटीए लेफ्ट आउट भोलेन्टियर्स टिचर्स एसोसिएशनको कार्यकारी सदस्य सागर राईले भोलेन्टियर्स टिचरहरूको पेन डाउन र धरना प्रदर्शन 25 दिन पुगेको र यो लगातार रूपमा चल्ने बताएका छन्। तिनले जबसम्म भोलेन्टियर्स टिचरहरूका लागि कुनै ठोस निर्णय हुँदैन तबसम्म पेन डाउन र धरना प्रदर्शन लगातार रूपमा चल्ने बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *