जीटीए क्षेत्रका सबै शैक्षिक संस्थानहरू 31 मार्चसम्म बन्द रहने

दार्जिलिङ : पश्चिम बङ्गाल सरकारले कोरोना भाइरसको बढ्दो आतङ्कबीच मानिसहरूलाई यसबाट बाँच्नको निम्ति विभिन्न पहलहरू शुरू गरेको छ। यसै अन्तर्गत राज्यका सबै सरकारी तथा गैर-सरकारी स्कुल, कलेज तथा विश्वविद्यालय आगामी 31 मार्चसम्म बन्द गर्ने घोषणा राज्य सरकारले गरेको छ। अर्कोतिर, उक्त राज्य सरकारको घोषणालाई पालन गर्दै जीटीए क्षेत्रका सबै स्कुल, कलेज तथा विश्वविद्यालय पनि 31 मार्चसम्म बन्द रहने जीटीए चेयरम्यान अनित थापाले जारी एउटा विज्ञप्तिमार्फत् जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *