जीटीए क्षेत्रको 14 वटा पाठशालालाई सरकारी मान्यता

शिक्षा विभाग, पश्चिम बंगाल सरकारले एउटा पत्रमार्फत गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन अधिनस्थ 14 वटा पाठशालाहरुलाई सरकारी मान्यता प्राप्त अनि सरकारी सहयोग प्राप्त (recognised and aided school) पाठशाला हो भनी घोषणा गरेको छ। पत्र डेपुटी सेक्रेटरी, शिक्षा विभागको तर्फबाट आएको  जीटीए प्रमुख कार्यपाल अनित थापाले जारी विज्ञप्तिमार्फत जनाएका छन्। तिनले ती 14 वटा स्कुलका विद्यार्थी, शिक्षकगण, अभिभावक, म्यानेजिङ कमिटी अनि शिक्षक संगठन सबैलाई बधाई दिएका छन्।


 मान्यता प्राप्त गर्ने 14 वटा पाठशालाहरू निम्न छन:

  1. अगम सिंह गिरी जुनियर हाई स्कुल, मङपू
  2. लकुं भ्याली जुनियर हाइ स्कुल, मङपू
  3. रसदल गाउँ जुनियर हाइ स्कुल, मिरिक
  4. जगपाल जुनियर हाइ स्कुल, मिरिक
  5. फुबछिरिङ्ग जुनियर हाइ स्कुल, दार्जिलिङ सदर
  6. सेलिमबोङ जुनियर हाइ स्कुल, सुखिया पोखरी
  7. पारिजात मेमोरियल जुनियर हाइ स्कुल, पुलबजार
  8. कर्नर स्टोन जुनियर हाइ स्कुल, मङपू
  9. ओरेन्ज भिल जुनियर हाइ स्कुल, सूखिया पोखरी
  10. माङपाङ जुनियर हाइ स्कुल, कालेबुङ
  11. बी एम जुनियर हाइ स्कुल, कालेबुङ
  12. अपर लदाम जुनियर हाइ स्कुल, कालेबुङ
  13. फाफर खेती जुनियर हाइ स्कुल, गोरुबथान
  14. साङसेर जुनियर हाइ स्कुल, गोरुबथान


Leave a Reply

Your email address will not be published. Required fields are marked *