जीटीए क्षेत्रमा पुनः सीमाङ्कन गरेर पञ्चायत चुनाउ हुने

सिलगढी: जीटीए क्षेत्रलाई पुनः सीमाङ्कन पहलमा अन्तर्भुक्त गरिएको छ। चुनाउ आयोग पश्चिम बङ्गालले एउटा नोटिफिकेसन जारी गरेर जीटीए क्षेत्रलाई पनि पञ्चायत चुनाउको निम्ति पुनः सीमाङ्कन प्रक्रियामा अन्तर्भुक्त गर्ने अनुमति दिएको छ। जीटीए क्षेत्रको निम्ति यो ठूलो उपलब्धि रहेको छ भने यस क्षेत्रमा विगत 2000 देखि नै पञ्चायत चुनाउ नभएकोले विशेष गरेर ग्रामीण क्षेत्रका मानिसहरू विविध सरकारी साहुलियतबाट वञ्चित हुँदै आइरहेको छ। जीटीए क्षेत्रमा पनि पञ्चायत चुनाउ गरिनु पर्ने माग लिएर पहाडका विभिन्न राजनीतिक पार्टीका नेताहरूले राज्यका मुख्यमन्त्री अनि मुख्य सचिवलाई पत्राचार गरेका थिए। पञ्चायत चुनाउ हुने खबरले ग्रामीण क्षेत्रका मानिसहरूमा खुशीको माहौल देखा परेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *