जीटीए चिफ अनित थापाद्वारा खरसाङ आईटी पार्कको शिलान्यास

खरसाङ (निसं): गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले आज खरसाङको लभ रोडस्थित पुरानो पार्किङ स्ट्याण्डमा खरसाङ आईटी पार्कको शिलान्यास गरे। उक्त शिलान्यास कार्यक्रममा सौम्य पुरकैत, मुख्य सचिव जीटीए, दार्जिलिङ जिल्लापाल, दार्जिलिङ जिल्ला पुलिस अधीक्षक, अतिरिक्त एसपी लगायत अनिल च्याटर्जी, वेबेलका उपाध्यक्ष जसले आईटी पार्कको मोडल तयार पारे, रेडियन्ट कम्पनीका सुदिप गोयल, जसले प्रोजेक्ट डिजाइन गरे अनि प्रोजेक्ट प्रोपोजल तयार गरे, खरसाङ महकुमा शासक अवध सिंघल, अरूण प्रकाश, एसपी दार्जिलिङ जिल्लाको पनि उपस्थिति रहेको थियो। आईटी पार्क 48 करोडको लागतमा निर्माण हुने भएको छ। वर्तमान 28 करोड राज्यले अनुमोदन गरिसकेको छ। आगामी दुई वर्षभित्रमा निर्माण कार्य पूर्ण हुने बताइएको छ।
खरसाङ आईटी पार्क, खरसाङ शहरलाई स्मार्ट शहर बनाउने परियोजनाहरूमध्ये एक नयाँ योजना हो। आईटी सम्बन्धित सुविधाबाहेक यस पार्कमा फुटसल ग्राउण्ड, ब्याडमिन्टन कोर्ट, फुड कोर्टको सुविधा पनि रहनेछ। शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै जीटीएका मुख्य सचिव सौम्य पुरकैतले भने, “खरसाङ आईटी पार्क पहाडको एन्ट्रेप्रेनरको निम्ति मात्र नभएर उत्तर बङ्गालकै एन्ट्रेप्रेनर अनि शिक्षित युवाको निम्ति वरदान हुनेछ। यो प्रोजेक्ट अनित थापाको भिजन अनि निरन्तर प्रयासको कारण सफल हुनु गएको हो।” उनले थप भने, ” आईटी पार्कले पहाडका शिक्षित युवाहरूलाई रोजगारको अवसर प्रदान गर्नेछ। भारतीय साथै विदेशी कम्पनीलाई यहाँ लगानी गर्न प्रोत्साहन गर्नेछ।”


आईटी पार्कले खरसाङलाई हुने फाइद हुने विषयमा दार्जीलिङ जिल्ला एसपी, खरसाङ महकुमा शासक साथै वेबडेलका अधिकारीहरुले आफ्नो सम्बोधनमा राखेका थिए। उनीहरूले आईटी पार्क व्यापार केन्द्र बनिने छ। विभिन्न कम्पनीहरूले यहाँ आफ्नो कार्यालय सुरु गर्नेछन्। शिक्षित अनि कौशल भएका युवाहरुको निम्ति रोजगार खुलिने छ। खेलकूदमा रुचि राख्नेहरूलाई फुटसल ग्राउण्ड साथै ब्याडमिन्टन कोर्ट उपलब्ध हुनेछ।फुड कोर्ट, क्याफेटेरियामा स्थानीय मानिसहरूले रोजगारको मौका खोलिने छ।पहाडको विद्यार्थीहरुलाई आईटी सेक्टर प्रति आकर्षित गर्नेछ।
त्यसरी नै जीटीए चिफ अनित थापाले आईटी पार्कसँगसँगै खरसाङमा 200 बेडको नयाँ खरसाङ अस्पतालको निर्माण हुने घोषणा गरे। उनले भने, “मैले कोविडको समय काम गर्दा थाहा पाए कि राम्रो वातावरणको कारण पनि रोगी चाँडो निको हुँदो रहेछ। त्यसैले आगामी बनिने खरसाङ अस्पताल ब्रिटिस मोडलमा बनाइने छ।”


Leave a Reply

Your email address will not be published. Required fields are marked *