जीटीए चुनाउ वहिष्कार गरिदिने क्रामाकपा-को अपील

कालेबुङ: जीटीए चुनाउ वहिष्कार गरिदिने अन्तिम पटक क्रामाकपा-ले आज फेरि जनतालाई अपील गरेको छ। चुनाउ अवधि खस्ने मतदानको प्रतिशतलाई हतियार बनाएर राज्य सरकारले पहाड़वासी जीटीए सभासित सन्तुष्ट रहेका सन्देश प्रस्तुत गर्न चाहेको धारणा व्यक्त गर्दै क्रामाकपा-ले भोली आईतबार हुने चुनाउमा भोट हाल्न अघि जनाकांक्षाजड़ित गोर्खाल्याण्डको सपना अनि रक्ताम्मे आन्दोलनकारी शहीदहरूलाई स्मरण गर्न पर्ने अपील गरेको छ। यसैबीच पार्टी केन्द्रीय कार्यालय कालेबुङमा आज भएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पार्टी प्रवक्ता अरूण घतानीले चुनाउ वहिष्कार गरिदिने सबैलाई अन्तिम पटक अपील गरेका छन्‌।


Leave a Reply

Your email address will not be published. Required fields are marked *