जीटीए चुनाउ: भागोप्रमो-का 3 जना प्रार्थीले बुझाए नामाङ्कन

खरसाङ : जीटीए चुनाउको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमाका तीनजना उम्मेद्वारले आज आफ्नो नामङ्कन पत्र खरसाङ महकुमा शासकलाई बुझाए। यसभन्दा अघि पार्टी अध्यक्ष अनित थापाको उपस्थितिमा पार्टीका समर्थकहरूको साथमा तीनजना उम्मेद्वार नुरी शेर्पा, कल्पना प्रधान र श्याम शेर्पाले एउटा विराट र्‍याली निकालेर खरसाङ सहरको परिक्रमा गरे।


यसपछि महकुमा शासक कार्यालयमा पुगेर तिनीहरूले पार्टीको तर्फबाट आ-आफ्नो नामाङ्कन पत्र बुझाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *