जीटीए चुनाउ हुने लगभग निश्चित, भोलि फेरि न्यायालयमा सुनवाई हुने

कोलकाता : अन्ततः कोलकाता उच्च न्यायालयले आज गरेको सुनवाई अनुसार जीटीए-को चुनाउमा रोक नलगाएर पूर्व निर्धारित कार्यक्रम अनुसार नै आगामी 26 जूनको दिन चुनाउ सम्पन्न हुने लगभग निश्चित देखिएको छ। आज कोलकाता उच्च न्यायालयमा जीटीए अनि चुनाउ विषयलाई लिएर गरिएको सुनवाई अवधि कुनै अन्तिम निर्णय हुन सक्ने साथै सम्भवतः जीटीए चुनाउ नै रद्द हुन सक्ने सम्भावना रहेको भए तापनि जीटीए चुनाउको निम्ति अगावै चुनाउ अधिकारीहरूले मतदान खसालिसकेको हुनाले अब यो चुनाउ रद्द गर्न सम्भव नरहेको न्यायालयले बताएको छ। यसको साथै उक्त विषयलाई लिएर कोलकाता उच्च न्यायालयले भोलि 24 जूनको दिन फेरि सुनवाई हुने भएकोले यसबारे भोलि नै कुनै अन्तिम फसेला दिनसक्ने अनुमान लगाइएको छ। स्मरण रहोस्, कोलकाता उच्च न्यायालयले जीटीए (गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशन)-को चुनाउबारे राज्य र केन्द्र सरकारलाई तिनीहरूको अडान स्पष्ट गर्ने निर्देश दिएपछि आज यसबारे कोलकाता उच्च न्यायालयमा सुनवाई गरियो। दार्जिलिङ जिल्ला शासकलाई चुनाउ अधिकारीको रूपमा नियुक्त गरेर राज्य सरकारले जीटीएको चुनाउको निम्ति जारी गरेको अधिसूचनालाई चुनौती दिँदै गत मई महिनामा गोरामुमो (गोर्खा राष्ट्रिय मुक्ति मोर्चा)-का अध्यक्ष मन घिसिङले कोलकाता उच्च न्यायालयमा एउटा याचिका दर्ता गरेका थिए। त्यसै याचिकाको सुनवाई अवधि गत मंगलवार कोलकाता उच्च न्यायालयले जीटीए चुनाउबारे केन्द्र र राज्य सरकारलाई तिनीहरूको अडानबारे एफिडेभिट दाखिल गर्ने निर्देश सुनाएको थियो भने आज 23 जूनको दिन फेरि जीटीए चुनाउबारे अदालतमा सुनवाई भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetinterbahistophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetholiganbetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibomjojobet Built with ❤︎ by appycodes