जीटीए चुनाउलाई लिएर राज्य चुनाउ आयोगले जारी गर्‍यो नोटिफिकेसन

दार्जिलिङ : जीटीएको चुनाउलाई लिएर राज्यको चुनाउ आयोग कमिशनले एउटा निर्देशिका जारी गरेर आगामी 26 जुन 2022-को दिन जीटीएको चुनाउ गरिने जानकारी गराएको छ। उक्त जारी निर्देशिका अनुसार आगामी 2 जुन 2022 सम्म जीटीए क्षेत्रका मोठ 45 वटा समष्टिका उम्मेदवारहरूले नामाङ्कन पत्र जम्मा गर्न सक्नेछन्। यसपछि 4 जुन 2022 मा आवेदन पत्रहरूको स्क्रुटिनी (जाँच) गरिनेछ। यसैगरी, आगामी 7 जुन 2022 को दिनसम्म आवेदनकारीहरूले आफ्नो नामाङ्कन पत्र फिर्ता लिन सक्नेछन्। जीटीए चुनाउ 26 जुन 2022-को दिन बिहान 7 बजीदेखि अपरान्ह 5 बजीसम्म कठोर सुरक्षा व्यवस्थाबीच सम्पन्न हुनेछ। यसैगरी, दार्जिलिङ जिल्लाको सिलगढी महकुमा परिषदको चुनाउ पनि उक्त 26 जुन 2022 को दिनमा नै सम्पन्न गरिने पश्चिम बङ्गाल राज्य चुनाउ आयोगले जानकारी गराएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *