जीटीए चुनाउलाई लिएर सांसद राजु विष्टले दुईमुखे नीति अप्नाइरहेका छन्: शान्ता छेत्री

मिरिक: हिल्स तृणमुल कङ्ग्रेसले आज मिरिकको पार्टी कार्यालयमा एउटा सभाको आयोजना गरेर विगत धेरै समयदेखि रिक्त रहेको जिल्ला युवा प्रकोष्ठ अध्यक्ष पदलाई चाडै परिपूर्ति गर्नको लागि आवश्यक पदक्षेप लिएको छ। यसको निम्ति कलकत्तालाई यहाँबाट युवाहरुको नाम अनुमोदित भएको जसको अन्तिम निर्णय कलकत्ताले नै गर्ने थाहा लागेको छ। पूर्व टीएमसी-का दार्जिलिङ जिल्ला युवा प्रकोष्टका अध्यक्ष बिष्णु गोलेले अध्यक्ष पद त्यागेपछि अझसम्म त्यो पद रिक्त नै रहेको छ। जिल्ला युवा अध्यक्षको चयनको निम्ति यो बैठक महत्वपूर्ण रहेको पार्टीका चेयरम्यान एलबी राईको दावा गरेका छन्। आजको सभामा विभिन्न क्षेत्रबाट 50 भन्दा धेर युवाहरु भेला भएको जानकारी गराउँदै तिनले युवाहरुलाई लिएर कार्य गरिने बताए। आउँदो जीटीए चुनाउमा गठबन्धनसित जाने अथवा एकल जानेबारे अहिले नै स्पष्ट नभएको साथै हाइकमान्डको निर्देश अनुसार रणनिति तय गरिने कुरा एउटा प्रश्नको जवाबमा चेयरम्यान एलबी राईले बताए। अर्कोतिर, हिल टीएमसी अध्यक्ष शान्ता छेत्रीले जीटीएको चुनाउ विरुद्धमा आएका राजनैतिक दलहरुलाई विरोध गर्ने अधिकार गणतन्त्रले दिएको तर कुनै समयमा जीटीए चुनाउको पक्षमा वकालत गर्ने सांसद राजु बिष्टले अहिले आएर विरोध गर्नु दुइमुखे नीति रहेको बताइन्। गणतन्त्रमा प्रत्येक पाँच वर्षमा चुनु जरुरी रहेको वकालत गर्दै तिनले जीटीए चुनाउको अनियमितताको कारण धेरै समस्याहरू पहाडमा उत्पन्न भइरहेको बताइन्। सभामा हिल्स टीएमसी चेयरम्यान एलबी राई, हिल्स टीएमसी अध्यक्ष तथा राज्यसभा सांसद शान्ता छेत्री, पार्टीको जिल्ला प्रवक्ता एनबी खवास, विनय तामाङ, दार्जिलिङ जिल्लाका प्राथमिक शिक्षा परिषदका मनोनित अध्यक्ष डा. रोहित शर्मा, मिरिक महकुमा युवा प्रकोष्टका अध्यक्ष सोभन घिसिङ आदि प्रमुख रूपमा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *