जीटीए चुनाउमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले बहुमत ल्याएकोमा युवा शक्ति केन्द्रीय समितिद्वारा पहाड़को जनतालाई दिए धन्यवाद

खरसाङ (निसं) : जीटीए चुनाउमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले बहुमत प्राप्त गरेकोमा भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्तिको केन्द्रीय समितिले पनि पहाड़को सम्पूर्ण जनतालाई धन्यवाद दिएका छन्। युवा शक्तिको तर्फबाट केन्द्रीय समितिको अध्यक्ष अमृत योञ्जन र महासचिव सदीप प्रधानले प्रेस विज्ञप्ति जारी गरी यो जीत पहाडको जीत हो, यो जीत जनताको जीत हो र यस जीतको निम्ति भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा साथै भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्ति सम्पूर्ण पहाडका जनतालाई मुरी मुरी धन्यवाद दिदँछ भनी दुवैले बताएका छन्। युवा शक्तिको केन्द्रीय महासचिव सदीप प्रधानले पार्टीका कार्यकर्ता, समर्थकहरु अनि विशेष गरेर युवा दाजुभाई सबैलाई निवेदन गर्दछौं कि हाम्रो जीतमा हामीले खुशी मनाउँदा कुनै पनि व्यक्तिलाई दुःख नहोस्, कष्ट नहोस् अनि गाउँ घरमा गएर कसैले अशान्ति नगरौं भनी बताएका छन्। दुवैले प्रेस विज्ञप्ति जारी गरी हाम्रो केन्द्रीय अध्यक्ष अनित थापाले पहाडमा शान्ति फर्काउन जुन दुःख कष्ट गर्नुभएको छ त्यसको सबै युवा दाजुभाईले सम्मान गरौं, जोसमा होस् नगुमाई जीतको उत्सव मनाऊ भन्ने निवेदन भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्ति केन्द्रीय समिति गर्दछ भनी बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *