जीटीए चुनाउमा जानु ‘हाम्रो पार्टी’-को रहर होइन बाध्यता हो: अजय एडवार्डस

दार्जिलिङ : दार्जिलिङको गोर्खा दुःख निवारक सम्मेलन भवनमा आज हाम्रो पार्टी-को चुनावी सभा सम्पन्न भयो। उक्त सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष अजय एडवर्डले भने, जीटीए चुनाउमा जानु हाम्रो पार्टीको रहर होइन बाध्यता हो। जीटीएले गोर्खाहरूको जन आकांक्षा पुरा गर्न सक्दैन यो हामीले भन्दै आइरहेका छौँ। जीटीए सभा चुनाउको लागि नामाकङ्न पत्र बुझाउने एक दिन अघिसम्म हामीले पर्खेर बस्यौँ तर अन्य राजनैतिक दलहरूले नामाङ्कन पत्र बुझाउन थालेपछि मात्र हामीले पहाडको हितमा पहाडवासीको हितमा अंश ग्रहण गर्न बाध्य भएको भनी तिनले बताए। हाम्रो पार्टीका अध्यक्ष अजय एडवर्ड दार्जिलिङको 3 नम्बर समष्टिबाट चुनाउ लड्ने भएका छन्। उक्त सभामा दार्जिलिङको 3 नम्बर समष्टिको पार्टी कार्यकर्ता, समर्थकहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *