जीटिए एकीकृत कर्मचारी संगठनको सुकनामा वार्षिक सम्मेलन

सुकना : जीटिए अन्तर्गत विभिन्न विभागहरूमा कार्यरत अस्थायी कर्मचारीहरूको संगठन एकीकृत कर्मचारी संगठनको आज सुकनामा वार्षिक सम्मेलन एउटा भव्य कार्यक्रमबीच सम्पन्न भयो। यस वार्षिक सम्मेलनमा कर्मचारीहरूले भोग्दै आइरहेको विविध समस्याहरू लगायत दीर्घदिनदेखि अस्थायी रूपमा कार्य गर्दै आइरहेको कर्मचारीहरूलाई स्थायीकरण गरिनुपर्ने, रिक्त पदहरूमा कर्मचारी नियुक्त गरिनुपर्ने, पदोन्नति लगायत ईपीएफ अनि मेडिकल एलाउन्स आदि विषयमा चर्चा परिचर्चा गरिएको बताइएको छ। विशेष गरेर जीटिए मार्फत् राज्य सरकारले आफूहरूको माग यथाशीघ्र पुरा गरिदिनुपर्ने कर्मचारीहरूको माग रहेको बताइएको छ।

उक्त सम्मेलनमा जीटिएका चेयरम्यान अनित थापा, गोजमुमो अध्यक्ष विनय तामाङ पनि प्रमुख रूपमा उपस्थित थिए। सम्मेलनपछि पत्रकारहरूसितको कुराकानीमा गोजमुमो अध्यक्ष विनय तामाङले एकीकृत कर्मचारी संगठनको आज वार्षिक सम्मेलन रहेको साथै यस अवधि तिनीहरू विविध समस्याहरूबारे चर्चा गरिएको बताए। राज्य सरकार र जीटिए माझ हाल राम्रो सम्बन्ध रहेकोले गर्दा नै ती अस्थायी कर्मचारीहरूको आफूहरूप्रति ठुलो आशा रहेकोले गर्दा तिनीहरूको मागलाई राज्य सरकारसमक्ष पुर्‍याइदिने अध्यक्ष विनय तामाङले बताए। यद्धपि, यस संगठनका धेरैजसो सदस्यहरू धेरै वर्ष अगाडि तत्कालीन दागोपाप-को समयदेखि नै अस्थायी रूपमा कार्यरत रहेकोले गर्दा धेरैजनालाई जीटिएमार्फत् स्थायीकरण गर्नुको लागि तक्निकी असुविधा रहेकोले यसबारे आज आफूले तिनीहरूलाई अवगत गराएको तिनले जनाए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynerbetciomatadorbetsahabetmatadorbetVDCasinocasibom casibom holiganbetbetpuangrandpashabetgrandpashabetromabetgameofbetbetgitgrandpashabetholiganbetgameofbetgameofbetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetgrandpashabetholiganbetvdcasinomatadorbetsahabetonwinmatadorbetsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişradissonbetazhar-itay.com grandpashabetpusulabet girişkazandragrandpashabet girişbetwoonjojobet güncel girişmariobetholiganbet girişpusulabetjojobetcasibomjojobetholiganbetsuperbetingrandpashabetgrandpashahbetcasibomjojobetgrandpashabet girişbetpuanbetplay girişbetgit girişgrandpashabetbetbeygrandpashabet girişholiganbet girişbetgitgrandpashabetgameofbet girişgameofbet girişholiganbetholiganbetradissonbet girişDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibompusulabet girişgameofbetcasibomradissonbetcasibomcasibomcasibomgrandpashabetdeneme bonusu veren sitelerperabet Built with ❤︎ by appycodes