जीटीए-का 6 जना सभासदले खरसाङमा लिए शपथ

खरसाङ (निसं) : खरसाङको गिद्ध पहाड़स्थित सर्टिक हाउसमा आज जीटीए-का 5 जना मनोनित सभासदहरू अनि एकजना निर्वाचित सभासदको शपथ ग्रहण समारोह सम्पन्न भयो। जीटीएका मनोनित सभासदहरू क्रमैले पावल सिमिक, नफिसुल हक, चन्द्रबहादुर गुरुङ, बिनीता खम्बु राई र प्रणाम रसाइली सामेल छन्। त्यसवाहेक, तकलिङ पेशोक समष्टीको निर्वाचित सभासद मणिप्रसाद राईले पनि आज शपथ ग्रहण गरे। तिनले गत 12 जुलाईको दिन केही कारणले गर्दा शपथ ग्रहण गरेका थिएनन्। यसैले गर्दा नै आज तिनले पनि शपथ ग्रहण गरे। जीटीएको 5 जना मनोनित सभासद लगायत एकजना निर्वाचित सभासद गरेर मोठ 6 जना सभासदलाई जलपाइगढी डिभिजन कमिशनर तथा जीटीए चुनाउको प्रमुख चुनाउ अधिकारी एके बर्धनले शपथ ग्रहण गराए। यस कार्यक्रममा स्वागत सम्भाषण दार्जिलिङ जिल्ला शासक एवम् जीटीएको मुख्य सचिव एस पुनमबालमले राखेका थिए भने धन्यवाद ज्ञापन जीटीएका चेयरम्यान अञ्जुल चौहानले राखेका थिए। कार्यक्रममा जीटीएका कार्यकारी सभासदहरू, खरसाङ महकुमा शासक, मिरिक नगरपालिका चेयरम्यान एलबी राई लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *