जीटीएको बैठक आरम्भ, केही महत्वपूर्ण विषयमा चुडान्त निर्णय लिइने

दार्जिलिङ : जीटीएको आज 19 सेप्टेम्बरको दिन दार्जिलिङको गोर्खा रङ्ग मञ्चमा एउटा महत्वपूर्ण बैठक सम्पन्न भइरहेको छ। उक्त बैठकमा छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति डायलग शुरू गरिनुपर्ने लगायत गत जीटीएको 3 वटा बैठकमा लिएको कतिपय महत्वपूर्ण निर्णयहरूलाई पनि आजको यस महत्वपूर्ण बैठकले पारित गर्ने भएको छ।


आजको बैठकमा जीटीए प्रमुख कार्यपाल अनित थापा, सबै समष्टिका 45 जना जीटीएका सभासदहरू लगायत 5 जना मनोनित सभासदहरू पनि उपस्थित रहेका छन्। आजको बैठकलाई लिएर जीटीए क्षेत्रभरिकै मानिसहरूको कौतुहलता रहेको थियो। किनभने आजको बैठकमा जीटीएले केही महत्वपूर्ण विषयमा चुडान्त निर्णय लिइनेबारे अगावै जीटीए प्रमुख कार्यपाल अनित थापाले घोषणा गरिसकेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *