जीटीए-को विरोधमा रिले अनशनको दोस्रो दिन आज विद्यार्थी मोर्चाको सहभागिता

दार्जिलिङ : भोक हडतालको आज नवौं दिन गोजमुमो-को विद्यार्थी मोर्चाका 6 सदस्यीय टोलीले सहभागीता जनाएको छ। गत 16 मईदेखि शुरू भएको साङ्केतिक भोक हडताल हिजो 23 मईदेखि 24 घण्टे रिले अनशनमा परिणत भएपछि आज रिले अनशनको दोस्रो दिन जीटीए-चुनाउको विरोध गर्दै विद्यार्थी मोर्चाले सहभागी जनाएको छ। आजको भोक हडताल शुरू हुन अघि हिजो 11 बजेदेखि अनशनमा बसेको चुङ्थुङ मारेबुङ तामसाङ समष्टिका पाँचजना युवा मोर्चा सदस्यहरू देव प्रकाश थापा, सुमन थापा, बरुण गुरुङ, रिकेश लिम्बु र निरपेन छेत्रीलाई पार्टी अध्यक्ष बिमल गुरुङले जुस खुवाइदिएर अनशन तोडे। यसैगरी, आजको रिले भोक हडतालमा विद्यार्थी मोर्चाका 6 जना विद्यार्थीहरु क्रमैले अर्बिन साशंकर, जोनी शेर्पा, याङ दोर्जे शेर्पा, उपदेश प्रधान, डुपछेन तामाङ र वाङ्दी शेर्पाले सहभागिता जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *