जीटीएको कृषि विभागद्वारा पुलबजार ब्लकको मृतक कृषकहरूको परिवारलाई दुई-दुई लाखको अनुदान राशि प्रदान

बिजनबारी (निसं): कृषि बन्धु प्रकल्प अनुसार अठार वर्षदेखि साट्ठी वर्ष बीचको उमेरमा मृत्यु भएका कृषकहरुलाई कृषि विभागद्वारा दुई-दुई लाखको अनुदान राशि प्रदान गर्दै आइरहेको छ। यसै क्रममा दार्जिलिङ पुलबजार खण्डका 8 जना कृषकको परिवारलाई एउटा कार्यक्रमबीच दुई-दुई लाखको अनुदान प्रदान गरियो।


खण्ड विकास कार्यालयको सम्पद भवनमा विभागीय सभासद सतिस पोख्रेलको प्रमुख उपस्थितिमा आयोजना गरिएको कार्यक्रममा संयुक्त खण्ड विकास अधिकारी खुदीराम राभा, खण्ड कृषि अधिकारी अभिनाव बागदास लगायत विभागीय अधिकारीहरू तथा ब्याङ्कका प्रतिनिधिहरूको उपस्थितिमा 8 जना मृतक कृषकको परिवारका सदस्यहरूलाई सरकारी अनुदान राशिको चेक प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *