जीटीएको पहलमा तीनदिने मौरी पालन प्रशिक्षण शुरू

दार्जिलिङ (निसं): गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनको हर घर स्वनिर्भर योजना अन्तर्गत दार्जिलिङको सिङला चियाबारीको सार्वजनिक भवनमा तीन दिने मौरी पालन प्रशिक्षण कार्यशाला आजदेखि शुरू गरियो। उक्त कार्यशाला उद्घाटन कृषि विभागीय कालेबुङका जुनियर साइन्टिस्ट निसोन भुटियाको बाहुलीबाट रिबन काटेर गरियो। यस अवसरमा मुख्य अतिथिका रूपमा जीटीए जन सम्पर्क अधिकारी एस पी शर्मा, बिनिता खम्बू राई, एमओडी मनोनित सभासद नवीन गुरूङ आदिको उपस्थिति रहेको थियो। मौरी पालनको 3 दिने कार्यशालाको प्रशिक्षक दिनेश थापा रहेका छन् भने 25 जना मौरी पालन गर्ने र यसबारे शिक्षा लिन चाहनेहरूलाई तिनले प्रशिक्षण दिइरहेका छन्। आगामी 9 अप्रेलसम्म चल्ने उक्त कार्यशाला बिषयमा जुनियर साइन्टिस्ट निसोन भुटिया अनि मनोनित सभासद तथा पोजेटिभ चेन्ज कन्सलटेन्ट नवीन गुरूङले जानकारी गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *