जीटीए-को समझौता अनुसार पहाडमा पञ्चायत चुनाउ हुनपर्छ: तारा सुन्दास

कालेबुङ: लगभग दुई दसक पछि दार्जिलिङ पहाडमा पञ्चायात चुनाउ हुने हो-हल्ला बीच कालेबुङका माकपाका वरिष्ठ नेता तारा सुन्दासले पनि आफ्नो प्रतिक्रिया व्यक्त गरेका छन्। तिनले पत्रकारहरूलाई सम्बोधन गर्दै भने, जीटीए क्षेत्रमा पञ्चायत चुनाउ हुनु हाम्रो मौलिक अधिकार हो। केन्द्र सरकार र राज्य सरकारको यो कुनै दया र कृपा होइन, न त कुनै नेताले भनेर भएको हो। यो बिषय त देशको उच्च अदालतको निर्देशले गरिब किसानहरुले न्याय पाउनु लागेको हो तर जीटीए एक्टमा जिल्ला परिषद हुनुपर्ने प्रावधान हुँदा हुँदै दुई स्तरीय पञ्च्यात चुनाउ गर्नु भनेको गलत हो, यस्तो गल्ती गर्नु हुँदैन र नै सरकारले हेप्ने गर्छ भनी तिनले बताए। तिनले जीटीएको सम्झौतामा भएको नियम अनुसार नै पहाडमा पञ्चायत चुनाउ हुन सके धेरै असल हुने बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *