जीटीएको सूचना अनि सांस्कृतिक विभागद्वारा प्रदान गरिने पुरस्कारहरूको घोषणा

खरसाङ: जीटीएको सूचना अनि सांस्कृतिक विभागद्वारा प्रदान गरिने विभिन्न पुरस्कारहरूको घोषणा गरिएको छ। खरसाङमा पत्रकार सम्मेलनको आयोजना  गरेर जीटीए सूचना अनि सांस्कृतिक विभागका कार्यकारी सभासद अनोस थापा लगायत विभागीय सह निर्देशक भुपेन्द्रकान्त घिसिङ र भाषा अनि साहित्यको सह निर्देशक बिमल राईले संयुक्त रूपले जानकारी गराएका छन्। अनोस थापाले बताए अनुसार यसपाली स्वतन्त्र जुरीहरूले लिएको निर्णय अनुसार लोक साहित्यमा भानुभक्त सम्मान पुरस्कार 2022 लाटपञ्जार निवासी चर्चित सुब्बालाई प्रदान गरिने भएको छ। त्यसरी नै लोक संगीत विधामा मित्र सेन स्मृति पुरस्कार यसपाली सिटोङ निवासी नरबहादुर गुरुङलाई प्रदान गरिने अनि नाट्य विधामा डीबी परियार स्मृति पुरस्कार 2022 कालेबुङका नाट्यकर्मी सीके श्रेष्ठलाई प्रदान गरिने भएको छ। यसपाली पादरी गङ्गाप्रसाद प्रधान पुरस्कार दिल्ली निवासी जोएल राईलाई प्रदान गरिनेछ भने चित्रकारितामा जी डकलस स्मृति पुरस्कार खरसाङ निवासी निरबरस रसाईलीलाई प्रदान गरिने भएको छ। यसपालीको अरूणा लामा स्मृति पुरस्कार वरिष्ठ संगीतकार बसन्त छेत्रीलाई प्रदान गरिने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *