जीटीए-ले दार्जिलिङमा बडी बिल्डिङ अनि फिटनेस प्रतियोगिता आयोजना गर्ने

दार्जिलिङ (निसं): जीटीए क्षेत्रका बडी बिल्डिङ संस्थानहरुसँग आज जीटीए प्रमुख कार्यपाल अनित थापा लगायत अन्य अधिकारीहरूले आज दार्जिलिङमा बैठक गरे। बैठकमा आगामी 30 सितम्बर र 1 अक्टोबरको दिन जीटीएले दार्जिलिङको चौरास्तामा बडी बिल्डिङ अनि फिटनेस प्रतियोगिता आयोजना गर्ने निर्णय लिएको छ। यो प्रतियोगिता जीटीए तहको रहने बताइको छ। दार्जिलिङ पहाडको निम्ति यस्तो किसिमको बडी बिल्डिङ यो पहिलो प्रतियोगिता हुनेछ। बडी बिल्डिङ अनि फिटनेसलाई सबै खेलको प्रमुख मानिन्छ। यस प्रतियोगिता 4 वटा श्रेणीमा गराइने छ भने प्रतियोगिता पुरुष अनि महिला दुवै वर्गको निम्ति भिन्न-भिन्नै हुनेछ। विजेतालाई नगद पुरस्कार दिइनेछ। दार्जिलिङ पर्यटकहरुको निम्ति मात्र गन्तव्य होइन तर दार्जिलिङलाई खेलकुद क्षेत्रमा पनि अघि बढाउने भिजन लिएर यसप्रकारको प्रतियोगिता आयोजना गरिने जीटीए-ले निर्णय लिएको कुरा अनित थापाले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *