जीटीए-मा बलियो विपक्षी दल भएर बस्ने छौं: अजय एडवार्डस

दार्जिलिङ (निसं) : जीटीए चुनाउको मतगणना अनुसार हाम्रो पार्टी-ले मोठ 45 वटा समष्टीमध्ये केवल 8 वटा समष्टीमा मात्र जीत हासिल गर्न सक्षम बनेको छ। दार्जिलिङमा रहेको मोठ 17 वटा समष्टीहरूमध्ये हाम्रो पार्टीले 7 वटामा जित हासिल गरेको छ भने खरसाङ महकुमा अन्तर्गत पर्ने 15 वटा समष्टीमध्ये केवल एउटा आसन जीत हासिल गरेको छ। हाम्रो पार्टीले जितेको तकदाह ग्लेनवर्ण समष्टि हो, जसमा हाम्रो पार्टी-को प्रार्थी सन्नी तामाङले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी पुलक मोक्तानलाई केवल 2 भोटको अन्तरले मात्र जितेको छ। अर्कोतिर, कालेबुङ जिल्लामा हाम्रो पार्टीले खाता समेत खोल्न सकेन भने त्यहाँको सबै आसनमा पराजयको मुख हेर्न परेको छ। हाम्रो पार्टी-ले जीटीए चुनाउमा केवल 8 वटा आसन मात्र जित्न सकेकोमा हाम्रो पार्टी-का अध्यक्ष अजय एडवार्डसले पत्रकारहरूलाई सम्बोधन गर्दै भने, जीटीए चुनाउको परिणाम अनुसार हामीले 8 सिट मात्र जित्न सकेका छौं साथै मात्र 6 महिनाको हाम्रो पार्टी पहाड़मा दोस्रो वृहत पार्टी बनेको छ। तिनले जीटीए चुनाउमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले बहुमत प्राप्त गरेकोमा अनित थापा अनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई धन्यवाद दिएका छन्। अजय एडवर्डले अब हामी जीटीए-मा जनताको राज लिएर आउनेछौं किनभने हामी जीटीए-मा अब बलियो विपक्षी दल भएर बस्ने दावी गर्दै जनताको आवाज बुलन्द बनाउने बताए। यसको साथै भष्टाचार र भाई-भतिजावाद गर्न दिने छैनौं भन्दै तिनले परोक्ष रूपमा विजयी पार्टीलाई ईंगित गर्दै बताए। एडवर्डले आफ्नो समर्थक सबैजना जनतालाई धन्यवाद दिँदै खरसाङ, कालेबुङ र मिरिकको जनताको लागि भविष्यमा काम गरेर देखाउने अनि ईमान्दारीपूर्वक कार्य गरेर देखाउने वचन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *