जीटीए प्रमुख अनित थापाले कालेबुङको धार्मिक तथा पर्यटन स्थल मुल खर्क-फुसरे पोखरीको गरे निरीक्षण

कालेबुङ (निसं) जीटीए प्रमुख कार्यपाल अनित थापा दुईदिने कालेबुङ भ्रमणको दोस्रो दिन आज शुक्रबार 38 नम्बर समष्टिको विभिन्न ठाउँको परिभ्रमण गरे। आज दोस्रो दिन बिहान तिनले सिक्किम-पश्चिम बंगालको सिमाना क्षेत्रमा पर्ने लिङ्गसेखा ग्राम पञ्चायत अन्तर्गत धार्मिक एवम् पर्यटन स्थल मुल खर्क- फुसरेको निरीक्षण गरे।


यस अवसरमा अनित थापाको साथमा कालेबुङका विधायक रूदेन लेप्चा, भागोप्रमो कालेबुङ जिल्ला अध्यक्ष सीबी गुरुङ, भागोप्रमो 38 नम्बर समष्टि अध्यक्ष तथा सभासद कुमार शर्मा40 नम्बर समष्टि सभासद कमल सुब्बा लगायत पार्टीका स्थानीय अन्य केही शिर्ष नेताहरूको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *