जीटीए प्रमुख कार्यपाल अनित थापा सिटोङ लाटपञ्चरको दुई दिने भ्रमणमा

मङ्पु: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष तथा जीटीए प्रमुख कार्यपाल अनित थापा आज आफ्नो समष्टि क्षेत्र सिटोङ-लाटपञ्चरको दुई दिने भ्रमणमा आएका छन्। आज पहिलो दिनको भ्रमण अवधि यस क्षेत्रका केही मानिसहरूसित भेट गर्नको साथै तिनीहरूको विविध समस्याबारे जानकारी लिए। यस अवसरमा अनित थापाले भने, ” मैले समष्टिलाई महिनामा दुई दिन दिन्छु भनेर वचन दिएको थिए। त्यही वचन अनुरूप दुई दिन समष्टिमा बिताउनेछु। मैले चुनाउको समयमा समष्टिलाई जुन वचन दिएको थिए त्यो पूरा गर्ने पहल सुरु गरेको छु। समष्टिका मानिसहरूले व्यक्तिगत होइन, सामूहिक विकासको माग राखेका छन्।


उनीहरू भन्छन समष्टिको विकास हुनु पर्छ। तिनले अझ भने, यो समष्टिमा पर्यटन वैकल्पिक आय श्रोत हो। पर्यटन व्यवसाय आधुनिक बनेको छ। समष्टिमा यो व्यवसायसँग सम्बन्धित सबै व्यवसायीहरुलाई यही माग अनुरूप अघि बढाउने मेरो सोच रहेको छ। जीटीए प्रमुख कार्यपाल अनित थापाले आज आफ्नो समष्टि क्षेत्र सिटोङ –लाटपञ्चरको भ्रमणको पहिलो दिनमा लोअर सेब्जे सार्वजनिक भवनको निर्माण कार्यको शिलान्यास गरे। सार्वजनिक भवन निर्माण गरिदिने वचन तिनले चुनाउ प्रचारको समयमा दिएका थिए। आज पहिलो दिन तिनले एमएसके सिटोङ 1, ट्राइबल मैदान, घलेटार, पाँच पोखरी, सेल्पु सिटोङ पुगेर स्थानीय मानिसहरुसँग भेटघाट गरेर भलाकुसारी गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *