जीटीए रिलिफ फन्डबाट बन्द कमानहरूलाई बोनस दिने निर्णय

दार्जिलिङ (निसं): जीटीएले बन्द चियाकमानका श्रमिकहरूलाई जीटीए चेयरम्यान रिलिफ फन्डबाट पुजा बोनस दिने भएको छ। पेशोकको पीडब्ल्युडी बङ्ग्लोमा आज साँढे 1 बजी निर्वाचित सभासदहरू लगायत अन्य सम्बन्धित पदाधिकारीहरूलाई लिएर एउटा बैठक सम्पन्न भयो। उक्त बैठकमा बन्द चियाकमानका श्रमिकहरूलाई जीटीए रिलिफ फन्डबाट पुजा बोनस दिने निर्णय लिएको छ। विगत धेरै दिन अघिदेखि मुण्ठा कोठी चियाकमान, रम्बुक सिर्डर चियाकमान, चुङथुङ चियाकमान, अम्बोटियाँ चियाकमान, मगरजुङ चियाकमान र पेशोक चियाकमान बन्द अवस्थामा रहेको छ। यी बन्द चियाकमानहरूमा कार्यरत लगभग 4,310 जना श्रमिकहरूले पुजा बोनस पाउने छाँट छैन। यसै विषयलाई ध्यानमा राखेर जीटीएको निर्वाचित सभासद एवम् हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले हिजो बिहिबार जीटीए चिफ अनित थापालाई एउटा पत्र लेखेर गत कोरोना संक्रमणकालमा संग्रह गरिएको जीटीए चेयरम्यान रिलिफ फन्डबाट 3 हजार रुपियाँ गरेर दिने अनुरोध गरेका थिए। जीटीए चिफ अनित थापाले सभासद अजय एडवाडर्सको पत्र पाएपछि तुरून्तै टेलिफोनमा धेरै लामो समयसम्म कुराकानी गरेपछि जीटीएले एउटा अधिसूचना जारी गरेर आज साँढे 1 बजी पेशोकको पीडब्ल्युडी बङ्ग्लोमा निर्वाचित सभासदहरू लगायत अन्य सम्बन्धित पदाधिकारीहरूलाई लिएर एउटा बैठक डाकिएको थियो।


उक्त बैठकमा कोरोना संक्रमणकालमा चियाश्रमिकहरूलाई सहयोग पुर्‍याउन हेतु संग्रह गरिएको जीटीए चेयरम्यान रिलिफ फन्ड बन्द चियाकमानका श्रमिकहरूलाई वितरण गर्ने निर्णय लिइयो। बैठकपछि पत्रकारहरूसित कुराकानी गर्दै निर्वाचित सभासद अजय एडवाडर्सले दसैँ जस्तो महान पर्वमा बन्द चियाबगानका श्रमिकहरूलाई धेरै समस्या हुन्छ भन्ने हेतुले हिज बिहिबार मैले जीटीए चेयरम्यान अनित थापा दाजुलाई पत्र लेखेको थिए। उक्त पत्रकै आधारमा दाजुले बैठक डाकेर जीटीए चेयरम्यान रिलिफ फन्ड बन्द चियाकमानका श्रमिकहरूलाई दिने निर्णय भयो। यसको निम्ति म जीटीए चिफ अनित थापा दाजुलाई धन्यवाद दिन्छु तिनले भने। यस अवधि अजय एडवाडर्सले जनताको निम्ति म सबै थोक गर्न समेत तयार रहेको बताए। चियाश्रमिकहरूको अवस्था अति नै सोचनीय छ। यसैले तिनीहरूको आर्थिक अवस्थालाई हामीले दह्रिलो बनाउन सक्यौ भने हाम्रो समाज र जाति पनि दह्रिलो भएर जाने एडवाडर्सले बताए। स्मरण रहोस्, हाम्रो पार्टी अध्यक्ष एव् निर्वाचित सभासद अजय एडवाडर्सले आफ्नो बलबुतामा पहाडको ग्रामीण क्षेत्रहरूमा कच्चा बाटोहरूको निर्माण, सार्वजनिक भवनहरूको निर्माण, समाज घरहरूको निर्माण, पिउने पानीको व्यवस्था, खेल मैदानहरूको व्यवस्था, गरीब विद्यार्थीहरूलाई शिक्षा आर्जनमा गर्नको लागि आर्थिक सहयोग, गरीब बिमारीहरूलाई उपचारको निम्ति आर्थिक सहयोग आदि जस्ता कार्यहरू गर्दै आइरहेका छन्। अब बन्द चियाकमानका श्रमिकहरूले जीटीए रिलिफ फन्डबाट पुजा बोनस पाउने भएकोमा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले खुशी व्यक्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *