जीटीए रिलिफ फण्डबारे अजय एडवार्ड्सले गरे आरटीआई

दार्जिलिङ : जीटीए चेयरम्यान रिलिफ फण्डबारे हाम्रो पार्टीका अध्यक्ष अजय एडवर्ड्सले आज आरटीआई गरे। कोरोना संक्रमणकालमा चिया-श्रमिकहरूको अवस्थालाई ध्यानमा राख्दै जीटीएले जीटीए चेयरम्यान रिलिफ फण्ड संग्रह गरेको थियो। उक्त जीटीए चेयरम्यान रिलिफ फण्डमा कमसे कम 2 करोड रूपियाँभन्दा धेर अर्थ संग्रह भएको बताइएको छ। चिया श्रमिकहरुको नाममा संग्रह गरिएको रूपियाँले सिलगढीमा श्रमिक भवनको निर्माण गर्ने कुरा उठेपछि जीटीए चेयरम्यान रिलिफ फण्ड चर्चाको विषय बन्न पुगेको छ। हाम्रो पार्टी अध्यक्ष तथा जीटीए सभासद् अजय एडवर्ड्सले आज जीटीए चेयरम्यान रिलिफ फण्डको विषयमा आरटीआई गरेको जानकारी गराएका छन्। तिनले पत्रकारहरूसंगको कुराकानीमा कोरोना संक्रमण कालमा संग्रह गरिएको जीटीए चेयरम्यान रिलिफ फ्रण्ड कहाँ अनि कुन ब्याङ्कमा छ साथै ब्याङ्क खातामा कति रूपियाँ जमा गरेको साथै यसबारे अहिलेसम्मको पूर्ण विवरण आरटीआईमार्फत आफूले माग गरेको बताएका छन्। तिनले अझ भने, खरसाङ भ्रमणको अवधि एकजना बौद्ध भिक्षुको मृत्यु भएपछि तिनको अन्त्येष्टी क्रिया गरी दिएका थिए अनि त्यस समय संग्रह भएको 1 लाख रूपियाँ बौद्ध भिक्षुको परिवार पक्षलाई उक्त रूपियाँ ग्रहण गर्न अस्वीकार गरेपछि जीटीए चेयरम्यान रिलिफ फ्रण्डमा जम्मा गर्ने अनुरोध गर्दा शोकित परिवारहरुले हर्ष जनाउँदै 1 लाख रुपियाँको साटो दुई लाख रूपियाँ जीटीए चेयरम्यान रिलिफ फण्डमा जम्मा दिएका थिए। जनताले यसरी दिएको रूपियाँले सिलगढीमा श्रमिक भवनको निर्माण गर्छु भन्ने जस्तो शरमको कुरा अरु के हुन सक्छ एडवर्ड्सले भने। तिनले आरटीआईको जवाफ आएपछि सार्वजनिक गर्ने पनि जानकारी गराएका छन्। यसैगरी, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको अध्यक्ष अनित थापाले आन्दोलनकालको बिजुलीको बील आफूले सरकारलाई भनेर आधा भुक्तान गर्न लगाएको हो भन्ने भ्रम पनि फैलाउँदै हिड्दैछु तर असलमा यो सबै झूठो हो भनि हाम्रो पार्टी अध्यक्ष अजय एडवर्ड्सले बताए। तिनले अझ भने, अनित दाजु जति मिठो बोल्छ, त्यति नै तिनको मन दूषित छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *