जीटीए सभाको अध्यक्षता अनि आफ्नो दायित्व अवश्यै पुरा गर्नेछु: अञ्जुल चौहान

खरसाङ (निसं) : जीटीए सभाको अध्यक्षता अनि आफ्नो दायित्व अवश्यै पुरा गर्ने जीटीए अध्यक्ष अञ्जुल चौहानले बताएका छन्। तिनले पत्रकारहरुलाई सम्बोधन गर्दै आगामी सेप्टेम्बर महिनामा पहिलो जीटीए सभा हुने जानकारी दिएका छन्। तिनी जीटीए सभा अध्यक्षसँगै नागरी धजे समष्टिको सभासद रहेको कारणले पोख्रेबुङ चामोङ समष्टिका सभासद नोवल बम्जनसित मिलेर दुवै वटा समष्टिको सर्वाङ्गीन विकासको निम्ति अघि बढ्ने बताए। हाल बन्द अवस्थामा रहेको बन्सल कम्पनी अधीनस्थ पहाडका 10 वटा चियाबारीका श्रमिकहरुको समस्याको निम्ति कुनै पनि हालतले मलमपट्टि बनिदिने तिनले बताए। कमानको मालिकवर्गलाई दोष्याउँदै तिनले भने, मालिकवर्गले चियाबारी नछोडी दिए लिज क्यान्सलतिर अघि बढ्ने छ। बन्सल कम्पनी वाहेक अन्य चियाबारीहरू समरीकपानी चियाबारी अनि अन्य चियाबारीहरुलाई पनि ध्यानमा राखिरहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *