जीटीए सभाको नियममा केही संशोधन गर्ने सुझाउ दिँदै अजय एडवाडर्सले लेखे चेयरम्यान चौहवानलाई पत्र

दार्जिलिङ (निसं) : जीटीए सभाको नियमको कतिपय बुँदाहरूमा संशोधन गरिनु पर्ने सुझाउ दिँदै हाम्रो पार्टी अध्यक्ष तथा सभासद अजय एडवाडर्सले जीटीए चेयरम्यान अन्जुल चौहवानलाई पत्र पटाएका छन्। गत केही दिन अघि जीटीए सभाको तेस्रो सभामा जीटीए सभाको सञ्चालनको लागि तयारी गरिएको नियम पत्रको प्रतिलिपि सबै समष्टीका निर्वाचित सभासदहरूको हात-हातमा सुम्पिएको थियो भने उक्त जीटीए नियम पत्रको बुँदाहरूको अध्यायन गरेर आगामी 25 अप्रेलसम्म कसैले पनि सुझाउ तथा प्रतिक्रिया दिनसक्ने अनुरोध गरिएको थियो।


यसैले उक्त बुँदाहरूको अध्यायन गरेपछि आज हाम्रो पार्टी अध्यक्ष तथा सभासद अजय एडवाडर्सले आफ्नो पार्टीका सभासदहरूको पक्षबाट एउटा सुझाउ पत्र जीटीए चेयरम्यान अन्जुल चौहवानलाई पठाएका छन्। उक्त सुझाउ पत्रमा सभासद अजय एडवाडर्सले तयार गरिएको जीटीए सभाको नियमको धेरै बुँदाहरूमा संशोधन गरिनु पर्ने सुझाउ दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *