जीटीए सभामा विपक्षीहरूले आफ्नो पक्ष राख्न नपाएको सभासद रूबेन दास प्रधानको आरोप

दार्जिलिङ : जीटीए सभाको पहिलो सभामा निर्वाचित सभासदहरूलाई केवल तीनवटा विषय बस्तुको उल्लेख गरेको नोटिस जारी गरिएको थियो तर जीटीए सभामा 55 वटा विषयहरु पेश गर्ने कार्य गरिएको हाम्रो पार्टी-को निर्वाचित सभासद् रूबेन दास प्रधानले बताएका छन्। तिनले अघि भने, नियम नभएको जीटीए सभामा विपक्षीहरूले आफ्नो पक्ष राख्न पाएनन्। जीटीएको वार्षिक हिसाब-किताब एवम् 2011-2012-को हिसाब-किताबलाई अनुमोदन गर्ने विषयमा कुरा उठाए। तिनीहरु सत्तामा छ, निर्वाचित सबै सभासद्हरूलाई 2011 र 2012 को हिसाब-किताब थाहा थियो-थिएन तर सत्ता पक्षका सभासद्हरूले समर्थन जनाए। कुनै पनि हिसाब-किताब पारित गर्नभन्दा पहिला त्यसमाथि अध्ययन गर्ने सबैलाई समय एवम् मौका दिनुपर्छ तर त्यस्तो कुनै कार्य नभएको सभासद प्रधानले आरोप लगाएका छन्। एकसय पन्नाको दस्तावेजमाथि पाँच मिनट हेरेर यो ठीक हो भन्नु कदापि मिल्दैन भन्दै जीटीए सभामा पेश गरेको प्रस्तावहरुमाथि आफुहरूले कुनै समर्थन अथवा विरोध केही नजनाएको सभासद् प्रधानले आज पत्रकारहरूलाई जानकारी गराए। सभासद रूबेन दास प्रधानले अझ भने, जीटीएको नियम बनिएको छैन तर यसको नियम बनिनु पर्छ अनि जीटीए सभा हुनभन्दा एक सप्ताह पहिला हामीलाई सभामा पेश गरिने विषय बस्तुहरूको प्रतिलिपि दिनुपर्छ। त्यसपछि हामी ती विषय बस्तुहरूमाथि आफ्नो पक्ष राख्नेछौ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *