गुलमा छेउ नदीबाट दार्जिलिङका युवकको शव उद्धार

सिलगढी : सुकना थाना पुलिसले आज गुलमा छेउको नदीबाट एकजना युवकको शव उद्धार गरेको छ। मृतक युवक रिथम मुखिया (32)-को रूपमा चिन्हित गरिएको छ। तिनी मूल रूपमा दार्जिलिङ निवासी हुन् भने कामको सिलसिलामा देवीडाङ्गा इलाकामा बस्दै आइरहेका थिए। प्राप्त जानकारी अनुसार आज बिहान गुलमा छेउको नदीमा एकजना युवकको शव उद्धार भएको छ। घटनाको खबर पाएर सुकना थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *