गुलमा चियाकमानबाट भेट्टाइएको शवको हत्या मामिलामा स्टोनम्यान पक्राउ

सिलगढी गुलमा चियाकमानमा ढुङ्गाले प्रहार गरेर हत्या गरेको मामिलामा प्रधान नगर थाना पुलिसले स्टोनम्यान गणेश बराईकलाई पक्राउ गरेको छ। स्मरण रहोस्,  गत 18 नोभेम्बरमा गुलमा चियाकमानको बाँसबाड़ी संलग्न 7 नम्बर सेक्शनहाट एकजना अज्ञात व्यक्तिको शव उद्धार भएको थियो। यसपछि पुलिसले हत्याको मामिला दर्ता गरेर घटनाको जाँच शुरू गरेको थियो। जाँचमा जुटेका प्रधाननगर थाना पुलिसले पाँच दिनको अवधिमा स्टोनम्यानलाई पक्राउ गरेपछि आज अदालतमा पेश गरेर सोधखोजको लागि रिमान्डमा लिइने भएको छ। प्राप्त जानकारी अनुसार बाख्रा चोरी गर्न आएको विषयमा अज्ञात व्यक्तिसित आरोपी गणेशको विवाद हुँदा गणेशले ढुङ्गाले प्रहार गरेर उक्त व्यक्तिको हत्या गरिदिएको बताइएको छ। यस मामिलाबारे आज साँझ सिलगढी मेट्रोपोलिटन पुलिसको तर्फबाट एउटा पत्रकार सम्मलेनको आयोजना गरिने सूत्रमार्फत् थाहा लागेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *