गुम्बामा आजदेखि तीन दिवसीय पुजा अर्चना सुरू

खरसाङ : खरसाङ ब्लकको हवलदार कोठी वार्ड नम्बर 20-मा अवस्थित चुङ्गो डोमालिङ बुद्धिष्ट गुम्बामा आजदेखि तीन दिवसीय पुजा अर्चना अनुष्ठान शुरू भएको छ। विशेष गरेर आगामी 16 मईमा सम्पन्न हुने बुद्ध जयन्ती समारोहको अवसरमा आजदेखि नै तीन दिवसीय पुजा-अर्चनाको कार्यक्रम शुरू गरिएको बताइएको छ। गुम्बा सञ्चालन समितिका प्रतिनिधि इन्द्र कुमार लामाले आज यसबारे जानकारी दिँदै प्रथम दिनको कार्यक्रममा आज विभिन्न स्थानबाट आएका 29 जना बौद्ध धर्म गुरूहरूद्वारा पवित्र बुम पाठ गरिएको जनाए। गुम्बामा आगामी 16 मईको दिन बुद्ध जयन्ती पालन गर्नको साथै यस अवसरमा भगवान बुद्धको विधिपूर्वक पुजा-अर्चना गरिने साथै एउटा शोभायात्रा पनि निकालिइने तथा वाङ वितरण गरिने कार्यक्रम रहेको तिनले बताए। उक्त दिन गुम्बामा सबै श्रद्धालु भक्तजनलाई उपस्थित भइदिने तिनले आग्रह गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *