गुणस्तरीय कार्य नभएकोले मिड-डे मील कक्षाको निर्माण कार्यमा रोक

सिलगढी : सिलगढी नगरनिगमको 34 नम्बर वार्ड अन्तर्गत पर्ने सूर्यसेन कलोनीको मोड बजारस्थित सूर्यसेन प्राथमिक विद्यालयको मिड-डे मील कक्षाको निर्माण कार्य उचित ढङ्गमा नभएको आरोप लगाउँदै स्थानीय मानिसहरूले उक्त कार्य रोकिदिएको छ। ठेकेदारले उक्त निर्माण कार्यमा गुण स्तरीय समानहरूको प्रयोग नगरेको स्थानीय मानिसहरूको आरोप रहेको छ। प्राप्त जानकारी अनुसार विद्यालयको मागअनुसार नगरनिगमले विद्यालयमा मिड-डे मील कक्षाको निर्माण शुरू गरे तापनि यसको निर्माण कार्यमा गुण स्तरको समानहरूको प्रयोग नगरेको विद्यालयको एकजना शिक्षकले आरोप लगाए। यसबारे अभियोग गर्दा ठेकेदारले उल्टै शिक्षक विश्वजीत नन्दीलाई धम्की दिएको स्थानीय मानिसहरूको आरोप रहेको छ। यसपछि स्थानीय मानिसहरू आक्रोशित भएर उक्त कक्षा निर्माण कार्य बन्द गरिदिए। अर्कोतिर, आरोपको आधारमा आज नगरनिगमको लोक निर्माण विभागका मेयर पार्षद शंकर घोष विद्यालयमा निर्माण कार्यको निरीक्षण गर्न पुगे। तिनले मामिलाको छानबीन गरेर ठेकेदारविरुद्ध उचित कदम उठाउने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *