गुरूङ बोर्डबाट घर नबनाएर तापनि जियो ट्याग गर्न पञ्चायत कर्मी आएकोमा करण गुरूङले जनाए आपत्ति

सोनादा : गुरुङ बोर्डबाट रंगबुकको बगलधुरा निवासी करुण गुरुङको घर निर्माण कार्य नभए तापनि जियो ट्यागको लागि पञ्चायतकाहरू घरमा आएको तर गुरुङ बोर्डबाट एउटा ईंटा समेत नपाएको परिवार पक्षको दावी रहेको छ। करुण गुरुङको घरमा सन् 2015 मा नै पैह्रो गएपछि घर निर्माणको लागि गुरुङ बोर्डबाट तिनको पत्नी सरिता गुरुङको नाममा घर निर्माणको लागि सन् 2019 मा कागज पत्रहरू बुझाइएको थियो। करूण गुरुङ आफै पनि गुरुङ विकास बोर्ड बगल धुरा शाखाका सचिव रहेको जानकारी गराएका छन्। करूण गुरुङले आफ्नै खर्चमा घर बनाएपछि हिजो अचानक पञ्चायतबाट जियो ट्याग गर्न आएकोमा आश्चर्य प्रकट गर्दै एउटा भीडियो जारी गरेर आफूले गुरुङ विकास बोर्डबाट एउटा ईंटा समेत नपाएको दावी गरे। बोर्डबाट आफूले घर नबनाएको भए तापनि अचानक जियो ट्यागको लागि पञ्चायतबाट अधिकारीहरू आएकोले यस विषयमा छानबीन गरिदिने र न्याय प्रदान गर्ने तिनले निवेदन गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *