गुरूङ टुल्कु निमा होइसारको ७६औँ जन्मोत्सव पालन नगरिने

बिजनबारी : विश्वव्यापी महामारी कोरोनाको कारणले गर्दा गुरूङ टुल्कु निमा होइसार रिम्पोर्चेको ७६औँ जन्मोत्सव पालन नगरिने भएको छ। दार्जिलिङको फुबछिरिङ चियाबारीमा जन्मेका गुरूङ टुल्कु निमा होइसारको जन्मोत्सव प्रत्येक वर्ष धुमधामको पालन गरिँदै आइरहेको छ।


गत वर्ष तिनको ७५औँ जन्मोत्सव धुमधामको साथमा पालन गरिए तापनि यसपल्ट कोरोना महामारीको कारण तिनको ७६औँ जन्मोत्सव पालन नगरिने गुरूङ टुल्कु निमा होइसार रिम्पोर्छे बौद्ध सेवा गुठीका महासचिव डीबी गुरूङले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *