ज्ञानदीप सुनार राज्य स्तरीय कला उत्सव प्रतियोगितामा अंश ग्रहण गर्न कलकत्ता प्रस्थान

मिरिक (निसं): मिरिकको रवीन्द्रनाथ स्कूलका विद्यार्थी ज्ञानदीप सुनार राज्य स्तरीय प्रतियोगितामा अंश ग्रहण गर्नको लागि आज कलकत्ता प्रस्थान गरे। हालै दार्जीलिङ आरकेएसपी स्कूलमा सम्पन्न भएको जिल्ला स्तरीय इन्स्ट्रुमेन्टल म्युजिक मेलोडिक, कला उत्सव- 2022 कार्यक्रममा तिनले पहिलो स्थान हासिल गरेपछि राज्य स्तरीय प्रतियोगितामा अंश ग्रहण गर्ने अवसर प्राप्त गरेका थिए। आफ्नो कला प्रस्तुत गर्न स्कूललाई प्रतिनिधित्व गर्दै कोलकत्ता प्रस्थान भएको मिरिक रवीन्द्रनाथ उच्च माध्यमिक विद्यालयका विद्यार्थी ज्ञानदीप सुनारलाई विद्यालय परिवारको तर्फबाट शुभकामना व्याक्त गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *