हैदरपाडामा एउटा घरमा भयावह आगलागी

सिलगढी : सिलगढीको 39 नम्बर वार्डको हैदरपाडा विवादी सरणीमा एउटा घरमा भयावह आगलागी हुँदा इलाकामा भागदौड मच्चियो। प्राप्त जानकारी अनुसार आज बिहान एउटा घरबाट विराट आवाज सँगै इलाका कालो धुवाँले भरिएको देखेपछि इलाकावासीले तत्कालै आगो निभाउने प्रयास गरे। यसको साथै घटनाबारे दमकल विभागलाई खबर दिएपछि दमकलको एउटा इञ्जिन घटनास्थलमा पुगेर केही समयको प्रयासपछि आगोलाई नियन्त्रणमा ल्याइयो। दमकल विभागको अनुमान अनुसार पुजा कोठामा बालेको दीयो अर्थात् सर्ट सर्किटले गर्दा उक्त आगलागी भएको हो। उक्त आगलागीमा काठको घर लगायत घरभित्र रहेको सबै समानहरू जलेर खरानी भएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *