हजरत मोहम्मदको जन्मदिनको अवसरमा सिलगढीमा निकाल्यो विराट शोभायात्रा

सिलगढी,16 सितम्बर (निसं): सिलगढीमा आज विश्व पैगम्बर दिवस पालन गरियो। प्रत्येक वर्ष झैं यस वर्ष पनि नबी दिवसको अवसरमा सिलगढी शहरमा विराट शोभायात्राको आयोजना गरियो। आज बिहानदेखि नै सिलगढीको विभिन्न ठाउँबाट शोभायात्रा निकालिइयो। शहरमा मुख्य शोभायात्रा बर्दवान रोडबाट शुरू भएर महात्मा गाँधी मोड हुँदै हिलकार्ट रोडको परिक्रमा गऱ्यो। उक्त शोभायात्रामा ताजिया पनि निकालिइएको थियो। नबी दिवसको उपलक्ष्यमा निकालिएको उक्त शोभायात्रामा धेरै संख्यामा मुस्लिम धर्मावलम्बीहरू उपस्थित थिए। आज निकालिएको शोभायात्राको कारण शहरको प्रमुख मार्गहरूमा घन्टौसम्म जामको समस्या देखा पऱ्यो। जसले गर्दा मानिसहरूले असुविधाको सामना गर्न परेको देखियो।
सिलगढीको झंकार मोडमा आयोजित आजको कार्यक्रममा सिलगढीका मेयर गौतम देव, अल इण्डिया ईमान एसोसिएशनका अध्यक्ष मौलाना एमडी बाकीबिल्लाह मोल्ला, सिलगढी मेट्रोपलिटन पुलिसको डीसीपी ईस्ट दीपक सरकार, एसजेडी-का सीईओ अभिजीत सिवाले, 2 नम्बर बोरो चेयरम्यान मोहम्मद आलम खान, नगर निगमका विपक्षी नेता अमित जैन लगायत अन्य मानिसहरू उपस्थित थिए। यस अवसरमा सिलगढीका मेयर गौतम देवले पत्रकारहरूलाई सम्बोधन गर्दै नबी दिवसको बधाई दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbetmatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes