हकरहरूको विविध मागलाई लिएर आईएनटीटीयुसी-द्वारा रेलवे अधिकारीलाई ज्ञापन

सिलगढी : रेलवेका हकरहरूको  विविध मागलाई लिएर तृणमूल श्रमिक संगठन आईएनटीटीयुसीले आज रेलवेका अधिकारीसित भेट गरेर एउटा ज्ञापन पत्र चढायो। तिनीहरूको आरोप अनुसार रेलवेका हकरहरूलाई विभिन्न प्रकारको दिग्दारी दिइरहेकोले गर्दा विविध समस्याको सामना गर्न परिरहेको छ। हाल तिनीहरू आफ्नो परिवारको भरण पोषण गर्न समेत धौधौ परिरहेका छन्। यसैले तृणमूल श्रमिक संगठन आईएनटीटीयुसीको नेतृत्वमा लगभग एक सय श्रमिकहरूले एउटा र्‍याली निकाल्नको साथै डीआरएम कार्यालय अघि विक्षोभ प्रदर्शन गरे।


यसको साथै तिनीहरूले रेलवेका अधिकारीहरूसित भेट गरेर एउटा ज्ञापन पत्र चढाएको बताइएको छ। यस विषयमा संगठनका संयोजक सुजय सरकारले बताएअनुसार हकरहरूको विविध मागलाई लिएर आज रेलवेका अधिकारीहरूसित भेट गरेर एउटा ज्ञापन पत्र चढाएको हो। यदि तिनीहरूको माग पुरा नगरेको खण्डमा रेलवे विभाग अघि श्रमिकहरूलाई लिएर अनिश्चितकालीन धरनमा बस्ने तिनले चेताउनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *