हालै जमानतमा रिहा भएका एमडी अफजल फेरि चोरीको आरोपमा पक्राउ

सिलगढी (निसं): पाँच दिनअघि मात्र जमानतमा जेलबाट रिहा भएका एकजना अपराधीले फेरि एकपल्ट चोरीको घटनालाई अन्जाम दिएको छ। पुलिसले एकपल्ट फेरि उक्त आरोपीलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्तिको नाम एमडी अफजल बताइएको छ। प्राप्त जानकारी अनुसार लगभग 20 दिनअघि मतिगढा थाना पुलिसले एमडी अफजल र तिनका 4 जना साथीलाई डकैतीको आरोपमा पक्राउ गरेर अदालतमा पेश गरेपछि 14 दिनको न्यायिक हिरासतमा पठाएको थियो। 14 दिनसम्म जेलमा बिताएपछि अफजल लगभग 5 दिनअघि जमानतमा रिहा भएका थिए। जेलबाट बाहिर निस्कन साथ अफजलले फेरि चोरी तथा छिनताई गर्न शुरू गरे। गत बुधवार मतिगढाको न्यु कोलनी इलाकास्थित एउटा घरमा चोरी भएपछि घर मालिकले घटनाबारे थानामा लिखित अभियोग दर्ता गरेको थियो। अभियोगको आधारमा जाँचमा जुटेका मतिगढा थाना पुलिसले गत राति चोरीको आरोपमा अफजललाई पक्राउ गरेको छ। पुलिसले अफजलसित सोधखोज गर्दा चोरी गरेको लाखौँ रुपियाँको सुनको बहुमूल्य गर-गहना पनि उद्धार गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *